आज यी प्रदेशहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

Mausam news

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...