पत्रकार दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व’ सार्वजनिक

Laxman darnal pustak

काठमाडौं । पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८ औँ अन्तर्राष्ट्रिय रङ्ग तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा सो पुस्तकको विमोचन गरे ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिवसमेत रहेका दर्नालद्धारा लिखित पुस्तकमा दलित समुदायबाट हालसम्म भएका मन्त्री, सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सांसदहरूको तथ्यांक (नामावली) समावेश गरिएको छ । जिल्ला समन्वय समितिमा दलित र प्रज्ञा प्रतिष्ठानहरुमा दलितको सहभागिताको तथ्यांक समेटिएको छ ।

सो पुस्तकमा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको नामावली र सम्पर्क नम्बरहरु समावेश छ । पुस्तकमा दलित आन्दोलनको सफलतालाई तथ्यांकको रुपमा दस्तावेजीकरण गरिएको छ ।

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीहरुको संख्या जम्मा ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ । प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्तिहरु मन्त्री भएका छन् । पुस्तकको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन २०७९ मा प्रमुख ३ र उपप्रमुख ९ जना निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना निर्वाचित भएका छन् । छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन् भने दलित महिला वडा सदस्यमा उम्मेदवार नपरेका वडाको संख्या १२३ रहेका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका दलित सांसदको हालसम्मको संख्या १६७ रहेको छ । प्रदेश सांसदहरुको संख्या १०९ छ । प्रदेश प्रमुखमा एकजना छन् भने भने राजदूतहरु ३ जना छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...