विद्यार्थी बलात्कार अभियोग लागेका शिक्षक पुर्पक्षका लागि कारागार चलान

Chitwan

चितवन । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

उनले थप प्रमाण बुझ्ने काम थुनामा राखेर नै गरिने बताए ।

शिक्षक क्षेत्रीले १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग छ ।

भरतपुर महानगरपालिका-१२ घर भएका क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाउने नाममा पटकपटक यौन शोषण गरेको जोहरीमा उल्लेख छ ।

शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै किशोरी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।

स्थायी दरबन्दीमा नाम निकालेपछि गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

गत फागुन ५ माशिक्षकविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि प्रहरीले फागुन १० गते उनलाई पक्राउ गरेको थियो । क्षेत्रीले यौन शोषण गर्न भरतपुरमा अलग्गै कोठा लिएका थिए ।

पटकपटक बलात्कार गरेपछि शिक्षक क्षेत्रीले हरेक पटक पिल्स खानदिने गरेको बालिकाले प्रहरीसँगको बयानमा बताएकी छिन् ।

भरतपुरको अल्फा बिटा इन्स्टिच्यूटमा नर्सिङ ब्रिजकोर्स पढ्न जाँदा शिक्षक र विद्यार्थीबीच चिनजान भएको थियो ।

बालिकासँग एकाएक नजिकिएका क्षेत्रीले घुम्न लैजाने, फिलिम हेर्न लैजाने गर्दथे । बालिकाका अनुसार शिक्षक क्षेत्रीले बलात्कार गरेपछि कहीँकतै नभन्नु भनी धम्क्याउने गरेका थिए ।

प्रतिकृया दिनुहोस