झडप भएपछि बाजुरामा निषेधाज्ञा जारी, मतदान स्थगित

Bajura nisedhaygya

बाजुरा । बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले बजारमा निषेधाज्ञा जारी गरेको छ ।

मतदानका क्रममा दुबै पक्षबीच विवाद भएर झडपको अवस्था आएको थियो । झडप भएपछि मतदान स्थगित गरिएको छ । बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा आइतबार दिनभर तनाव उत्पन्न भएको थियो । चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थीहरुबीच झडप भएपछि झडपको अवस्थालाई नियन्त्रणमा लिन दिउँसो प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो ।

उक्त क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुुको प्यानल र नेपाली कांग्रेस(एकीकृत समाजवादी(माओवादी केन्द्र निकट तीनवटा विद्यार्थी संगठनहरुको संयूक्त प्यालनबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

स्ववियुको निर्वाचनका क्रममा प्रतिस्पर्धी विद्यार्थी संगठनहरुबीच झडप भएर कोल्टी बजार नै तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निशेषज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएपछि बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा जारी गरिएको हो । अहिले कोल्टीमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...