एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित

Ghanshyam bhushal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महासचिवमा घनश्याम भुसाललाई मनोनीत गरेको छ ।

आइतबार पार्टी बसेको सचिवालय बैठकले भुसाललाई महासचिवमा नियुक्त गरेको हो । आमनिर्वाचनअघि एमाले छाडेका भुसाल गत फागुनमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

सो बैठकले महासचिवको जिम्मेवारी सम्हाल्दै आएका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गरेको छ । उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र धर्मनाथप्रसाद साहलाई सचिवालय सदस्यमा मनोनीत गरिएको छ । यसअघि सचिवालयमा १२ सदस्य रहेका थिए ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...