७ बुदेँ विराटनगर घोषणा पत्र जारी गर्दै सकियो अकोराव कोशी प्रदेशको साधारणसभा

Acorab koshi

विराटनगर । प्रदेश गठन भएपछि सामुदायीक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सम्पन्न भएको छ । संघीयताको मोडलमा गएपछि पहिलोपटक अकोरावको प्रदेश समितिको साधारणसभा तथा प्रदेश भेला भएको हो ।

विराटनगरमा सम्पन्न भएको सो साधारणसभाले कोशी प्रदेशका सामुदायीक एफएमहरुको विकास, संरक्षण आदी विषयमा ७ बुदेँ घोषणा पत्र जारी गरेको छ । साधारणसभाको निष्कर्ष सामुदायीक रेडियोको दिगोपनका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने रहेको छ ।

सो साधारणसभाले रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, समुदायको आवाजका रुपमा सामुदायिक रेडियोलाई विकास गर्ने, रेडियो नविकरणलाई सम्बन्धित जिल्लामा नै नविकरण गर्ने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायतका ७ बुँदे विराटनगर घोषणा पत्र जारी गरेको हो ।

सो साधारण सभाको उदघाटन कार्यक्रममा सामुदायीक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई विभेदपूर्ण व्यवहार गर्न नहुने बताए । अध्यक्ष गिरीले राज्यका तीन वटै तहले सामुदायीक रेडियो सञ्चालनमा सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउने जमर्को गरेको भन्दै रेडियो सञ्चालहरुले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने बताए ।

अकोरावले रेडियोका समस्या समाधानका लागि नीतिगत पहल गरिरहेको बताउँदै उनले सामुदायीक रेडियो प्रशारक संघ प्रदेश समिति सामुदायिक रेडियोहरुको हकहित संरक्षणका लागि सदैव तत्पर रहेको बताए ।

कार्यक्रम सामुदायीक रेडियो प्रसारक संघका केन्द्रिय उपाध्यक्ष तथा विज्ञापन बोर्डका सदस्य बन्दना दनुवार, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिला वल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष बिक्रम लुईटेल, विज्ञापन बोर्डको सदस्य पवन अधिकारी लगायतले शुभकामना दिँदै सामुदायीक रेडियोहरुलाई जीीवत राख्न सरकार, सरोकारवाला र रेडियोकर्मीहरुले निक्कै ध्यान दिनुपर्नेमा जोड दिए । 

सामुदायीक रेडियो प्रसारक संघ कोशी प्रदेश समितिका अध्यक्ष विदुर खवासको अध्यक्षता भएको सो साधारणसभामा कोशी प्रदेश भरका सामुदायीक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारणसभा अघि लैंगिक समानताका लागि सामुदायीक रेडियो बिषयक कार्यशाला पनि सम्पन्न भएको थियो । उक्त कार्यशालामा लैंगिक समानताका लागि सामुदायीक रेडियोले खेलेको भुमिका र रेडियोमा बज्ने हरेक सामाग्रीमा लैंगिक समानता हुनुपर्ने बिषयमा छलफल गरिएको थियो ।

रेडियो उदयपुरले उक्त कार्यशाला आयोजना र व्यवस्थापन भएको कार्यशालाको अकोरावका उपाध्यक्ष वन्दना दनुवारले कार्यशालाका सहभागहरुले हाल रेडियोहरुमा बजिरहेका, बिज्ञापन, गीत संगीत, समाचार, कार्यक्रमहरुमा लैंगिक विभेद, हिंसा निम्त्याउने खालका सामाग्री प्रशारण गर्न नहुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...