खड्का दम्पतिले गरे १४ लाखको जग्गा दान

Dag

तुलसीपुर । तुलसीपुरको नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चामा दानदाताको सहभागीता बढ्दै गएको छ । जारी महापुराणमा सोमबारमात्रै तुलसीपुर–९ बेलुवा निवासी रुद्रसिंह खड्का र उहाँको श्रीमती बिमला खड्काले १४ लाख बराबरको जग्गादान गर्नुभएको छ ।

खड्का दम्पतिले स्वर्गिय हजुरबुवा झुपि खड्का र बुवा गृहलाल खड्काको सम्झनामा जग्गादान गर्नुभएको हो । आठ मिटर चौडाई र १८ मिटर लम्बाई क्षेत्रफल रहेको जग्गा खड्का दम्पतिले दान गर्नुभएको हो ।

खड्का दम्पतिले यसअघि पनि टोलविकास संस्थाको भवन र मन्दीर बनाउन जग्गादान गर्नुभएको थियो । जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि जारी महापुराणमा १४ लाख बराबरको जग्गासहित नगद २ लाख ७० हजार बढी सहयोग प्राप्त भएको हो ।

अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ आश्रमले श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ । कोही नभएका र केही नभएकाहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आएको जय शिव महाकालले गरिब दुःखीहरुलाई बासस्थान बनाउनको लागि र उपचारमा पनि सहयोग होस् भन्ने उदेश्यका साथ श्रीमद् भागवत महापुरण सञ्चालन गरेको हो ।

महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल रहनुभएको छ भने उप कथावाचकमा पण्डीत अंगिरा जोशी रहनुभएको छ । जारी महापुराणमा सोमबारमात्रै तुलसीपुर–७ निवासी भिमार्जुन पौडेलले १५ हजार ७५०, तुलसीपुर–९ मा रहेको जीवनप्रेम एजुकेशनले ११ हजार ५५, तुलसीपुर–५ निवासी दिनेश कुमार खड्काले ११ हजार , तुलसीपुर–९ निवासी मेघराज खड्काले ११ हजार नगद सहयोग गर्नुभएको छ ।

यसैगरी शान्तिनगर–४ निवासी इन्द्रलाल खडेलले ५ हजार ६ सय ५, तुलसीपुर–९ निवासी तथा हाल भारतमा रहेका डम्बर पुरीले ५ हजार १५५, तुलसीपुर–९ को अमृतपुर टोल विकास संस्थाले ५ हजार ५५५ र शिवज्योती टोल विकास संस्थाले ५ हजार ५ सय ५, तुलसीपुर–५ निवासी प्रेमसिंह बुढामगरले ५ हजार १०५, तुलसीपुर–५ निवासी पवन भण्डारीले ५ हजार ५ सहयोग गर्नुभएको छ । जारी महापुराण अन्य दाताहरुले पनि नगद सहयोग सहयोग गर्नुभएको आर्थिक संयोजक शेर बहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...