उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने

Ramprasad sahayak yadab

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

शनिबार उपराष्ट्रपतिका उम्मेदवारद्वय अष्टलक्ष्मी शाक्य र ममता झाले महिला उम्मेदवार हुनुपर्ने माग गर्दै आयोगमा उजुरी दिएका थिए । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ शर्माले भनिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...