सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २८ जना घाइते

Bus accident sindhuli

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ ।

सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निर्वाचनमय बने क्याम्पस : देशकै दोस्रो ठूलो क्याम्पसकी एक्ली महिला उम्मेदवार तिवारी बढ्यो व्यस्तता

Muna tiwari ktm

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्...