नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फेरियो दैनिकी, यस्तो छ आजको कार्यक्रम

Ramchandra paudel rastrapati

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दैनिकी फेरिएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि उनको दौडधुप पनि निक्कै बढेको छ । आज उनी विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेल आज विविध कार्यक्रममा सरिक हुने भएका छन् । पौडेलसँग आज बिहान ८ बजे बोहराटारमा सभामुख देवराज घिमिरेले भेटवार्ता गर्ने कार्यक्रम छ । यसपछि नवनिर्वाचित राष्ट्रपति पौडेले साढे ८ बजे गुह्यश्वरी दर्शनमा निस्कनेछन् भने लगत्तै बिहान ९ बजे पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।

आज बिहान ११ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।

पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।

निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ ।

२८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय गरिने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्‍याइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...