आज पहाडी भेगमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने

Mausam news

काठमाडौं । आज काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभरकै पहाडी भेगमा वर्षाको सम्भावना देखिएकाले कुन ठाउँमा पानी पर्छ भनेर ठ्याक्कै तोक्न नसकिने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।

‘अहिले पहाडमा सबैतिर बादल छ, त्यसैले पहाडी क्षेत्रका जुनसुकै स्थानमा पानी पर्न सक्छ, अलि बढी सम्भावना गण्डकी प्रदेशमा देखिएको छ’, उनले भने, ‘ठ्याक्कै भन्न सकिँदैन, काठमाडौँकै हकमा पनि आज पानी पर्ने सम्भावना त छ, तर जिल्लाभरि पर्दैन ।’

अहिलेको प्रणालीले खण्डखण्डमा पानी पार्ने भएकाले स्थान किटान गर्न गाह्रो हुने उनले बताए । यसैले पहाडी क्षेत्रका थोरै स्थानमा पानी पर्ने भनेर लेखिएको उनको भनाइ छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...