माधवकुमार नेपाल भन्छन्, दलित समुदायमाथि कसैले भेदभाव गरे सिंगो पार्टी प्रतिरोधमा उत्रिन्छ

Madhab kumar nepal dalit miting

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै ठाउँमा दलित समुदायमाथि भेदभाव भए मात्रै पनि सिंगो पार्टी त्यसविरुद्ध एक भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाल दलित मुक्ति संगठनको पाँचौं पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादको बाटोमा हिड्ने एकीकृत समाजवादीका कुनै कार्यकर्ताले विभेद नगर्ने र जो कोहीले दलित समुदायमाथि एकरत्तिमात्रै विभेद गर्न खोजे पनि सिंगो पार्टीपंक्ति डटेर लाग्ने बताए ।

‘दलित समुदायका जनसुकै उमेर समुहका व्यक्ति पीडित छन् । यो पीडा दलित समुदायको मात्रै होइन, आम नेपालीको पीडा हो’ अध्यक्ष नेपालले भने, ‘कहीकतैं छुवाछुत भयो भने, दलित समुदायमाथि अपमान भयो भने पार्टी केन्द्र, प्रदेश, जिल्ला, पालिका वा वडा तहका नेता कार्यकर्ताहरु एक भएर लाग्नुस् । समाजवादी उत्पीडित वर्गको पार्टी बन्न सक्नुपर्छ ।’

‘दलित समुदायको आशा र भरोसाको केन्द्र बन्न सक्नुपर्छ । के योजना बनाउँदा दलित समुदायले न्याय र मुक्ति पाउँछन् ? यो विषयमा सबैको ध्यान जानुपर्छ’ उनले भने ‘दायरा धेरै फराकिलो भइसकेको छ । अब हामीले दलित समुदायलाई हेर्ने र सोच्ने दायरा त्यसरी नै फराकिलो बनाउन सक्नुपर्छ ।’

अहिले गरिवीको कारण देखाउँदै दलित समुदायबाट विभिन्न पार्टीहरुले फाइदा उठाउँदै आएको बताउँदै अध्यक्ष नेपालले त्यसविरुद्ध पटकपटक संघर्ष गर्नुपर्ने बताए । उनले दलित समुदायलाई भोट बैंकको रुपमा प्रयोग गरिँदै आएकाले यसबाट मुक्त हुन ठोस योजना बन्नुपर्ने बताए । उनले यसको लागि जिल्ला जिल्ला, प्रदेश प्रदेश र पालिका पालिकाबाट जुर्मुराएर उठ्ने योजना बनाउन निर्देशन पनि दिए ।

अध्यक्ष नेपालले अहिलेको परिस्थितीमा नेकपा एकीकृत समाजवादीको भुमिका अहम् रहेको बताए । ‘हिजोसम्म हाम्रो पार्टीलाई यसको केही पनि छैन, यसको केही भुमिका छैन भन्नेहरु अहिले हामीलाई खोजिरहेका छन् । विभिन्न ठाउँहरुमा खोज्दै विभिन्न प्रस्तावहरु ल्याइरहेका छन् । यो प्रस्ताव आउँदा कतिपयमो दिमागमा चक्र चलेको हुन सक्दछ । कति राम्रो प्रस्ताव आयो भन्ने लाग्न सक्दछ’ उनले भने, ‘यसलाई हामीले हल्लाको भरमा चल्ने काम गर्नु हुँदैन । हाम्रो पार्टी सधैं देशको हितमा हुन्छ । संविधानको रक्षाको पक्षमा हुन्छ । जनताको हितमा हुन्छ । यसमा भ्रमित हुनुहुँदैन । अलमलमा पर्ने होइन । हामी कहिले पार्टीलाई गलत बाटोमा लैजादैनौं ।’

उनले अहिले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएका छन् । विचार मिल्ने पार्टीहरुसँग वार्ता र छलफल भइरहे पनि तत्काल पार्टी एकता नहुने भएकाले संगठन निर्माणमा तीव्र रुपमा लाग्न निर्देशन दिए । ‘अहिले हामीले संसरमा विचार मिल्ने पार्टीहरुको खोजि गरिरहेका छौं । विचारमा हिसावले हामी माओवादीसँग नजिक छौं । जसपासँग नजिक छौं’ अध्यक्ष नेपालले भने, ‘हामी कुनै पार्टीमा समाहित हुनेवाला छैनौं । हाम्रो बेग्लै भूमिका छ । अहिले हल्लाको पछि लाग्ने कुरा छैन । बरु पार्टी संगठन बलियो बनाउन लाग्नस् ।’

सो बैठकमा उपमहासचिव तथा जनसंगठनका इन्चार्ज डा. विजय पौडेलले दलित समुदायमाथि भइरहेका अन्याय र अत्याचारको अन्त्यका लागि सम्पूर्ण शक्ति एक हुनुपर्नेमा जोड दिए ।

सो बैठकको उद्घाटन कार्यक्रममा मोर्चा संगठनको सहइन्चार्ज भावेश्वर पराजुली, नेपाल दलित मुत्तिः संगठनका अध्यक्ष तथा इन्चार्ज गणेश विश्वकर्मा, सहइन्चार्ज कृष्ण नेपाली लगायतले अबको दलित आन्दोलन एकीकृत आन्दोलनको रुपमा साझा बन्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...