फनपार्कको जग्गा भाडा प्रकरण : पूवमन्त्री बद्री न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर

Badri neupane

काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका पूर्वमन्त्री बद्री न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले आम जनता पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

मेला सञ्चालक रहेका गुरुङ र पूर्वमन्त्री न्यौपानेमाथि जनही ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो माग दावी थियो । उनी त्यति बेला समाज कल्याण परिषद्का अध्यक्ष थिए । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुन्छन् ।

उनीहरुमाथि भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने प्रवक्ता योगीले बताए ।

उनीसहित मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका कांग्रेस सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ दोषी ठहर भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

यसअघि २०७५ चैत १३ मा न्यौपाने विशेष अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । फरार रहेका उनी विशेष अदालतमा हाजिर भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको ३ सदस्यीय संयुक्त इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

र यो पनि ...

फनपार्कमा फनफनी : कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...