अनेमसंघ धनकुटाको अध्यक्षमा तारा तितुङ चयन

Anemasang dkt uml

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको अध्यक्षमा तारा तितुङ कटेल निर्वाचित भएकी छन् । संघको सातौँ जिल्ला सम्मेलनले तितुङको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला इवाहाङ र रेखा चेम्जोङ, सचिवमा सावित्रा राई, सहसचिवमा गोमा कार्की र कोषाध्यक्षमा सीता थापा पराजुली चयन भएका छन् । संघको दुई दिने जिल्ला सम्मेलन सोमबारबाट सुरु भएको थियो ।

सिमा राईको अध्यक्षतामा सञ्चालित सातौ सम्मेलनमा अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिव तथा प्रदेश १ ईन्चार्ज मेनुका काफ्ले, नेकपा एमालेका केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेत, केन्द्रीय सदस्य विनादेवी राई, जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य यज्ञकुमारी रुचाल, अखिल नेपाल महिला संघका जिल्ला ईन्चार्ज रामकुमारी राई लगायतले महिला अधिकारका लागि संगठित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...