हृदयघातका कारण जसपा सांसद शहनाज रहमानको निधन

Jasapa=samsad nidhab

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

जसपाका प्रवक्ता मनीष सुमनका अनुसार पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पुर्‍याइए पनि उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी रहमान ६३ वर्षकी थिइन् । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...