चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त, नेपालका लागि चेन सोङ नियुक्त

Xi china fing

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन्। नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन् ।

सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ । त्यसैगरी नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ ।

इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...