महिलाको मृत्यु प्रकरण : तनावग्रस्त बन्यो सुर्खेत, बसपार्क समितिका युवाहरुले कुटे पत्रकार

Surkhet aandolan

सुर्खेत । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड -६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।रावत हाल वीरेन्द्रनगर -१० को बामेखोलामा बस्दै आएकी थिएन । बा४ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडि, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् ।

झडपका क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् । समाचार संकलनका लागि बसपार्क पुगेका पत्रकार बलबहादुर थापालाई सुर्खेत बसपार्क समितिका युवाहरुले कुटपिट गरेका हुन् ।

आफन्तहरुले गरेको आन्दोलनको भिडियो खिच्दै गरेका पत्रकारहरुलाई बसपार्क समितिका केही व्यक्तीहरुले भिडियो किन खिचेको भन्दै धम्काएर हातपात गरेका थिए ।

हातमा क्यामेरा समातेको देखेर पत्रकार थापालाई समितिका एक जना रातो ज्याकेट र कालो पाइन्ट लगाएका व्यक्तीले कोको कोलाको बोत्तलले टाउँकोमा हानेको भिडियोमा देख्न सकिन्छ । घाइते पत्रकार थापाको टाउँको चोट लागेको छ भने उनको माया नसिङ्ग होममा उपचार भइरहेको छ ।

आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...