पूर्ण चौधरीको स्मृतिमा युनियनद्धारा पुरस्कार कोषको स्थापना

Purna chaudhari

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले स्व. पत्रकार पूर्णकुमार चौधरीको नाममा पुरस्कार कोष स्थापना गर्ने भएको छ ।

उपचारको क्रममा माघ १९ गते मृत्यु भएका चौधरीको स्मृतिमा नेपाल प्रेस युनियन धनकुटाले शुक्रबार शोक सभा गरेर १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेको हो ।

पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरी प्रेस युनियनका कोषाध्यक्ष थिए । केही महिनाभित्रै पुरस्कार कोष स्थापना गरिने प्रेस युनियनका जिल्ला अध्यक्ष हिमा चेम्जोङले बताइन् ।

२०४५ जेठ १३ गते जन्मिएका चौधरीको गत माघ १८ गते निधन भएको थियो । पिसाबमा संक्रमण देखिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका चौधरीको प्रतिष्ठानमै उपचारका क्रममा निधन भएको थियो ।

स्व. चौधरीको सम्झनामा आज धनकुटामा आयोजित शोक सभामा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, संविधानसभा सदस्य लिला सुब्बा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, प्रदेश नं. १ का अध्यक्ष लीलाबल्लव घिमिरे, नेपाल प्रेस युनियनका प्रदेश उपाध्इक्ष ज्ञानेन्द्र निरौला, प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले स्व. पत्रकार चौधरीले पत्रकारीता क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...