एमाले अध्यक्ष ओली भन्छन्, ‘राष्ट्रपतिमा हामीले जो भन्छौं, त्यही आउँछ’

Kp oli 5

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

संयुक्त संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीको सम्बोधन सुनेर बालकोट लाग्नुअघि लोसपा अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो कारमा पस्न सहजीकरण गर्दैै गर्दा गाडीभित्र छिर्नै लागेका ओलीलाई रोकेर सञ्चारकर्मीले सोधे, ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौंको सरकार के होला अध्यक्षज्यु ?’

ओलीले अब आउने नयाँ राष्ट्रपतिको विषयमा पनि ओलीले प्रतिक्रिया दिए । अबको नयाँ राष्ट्रपति को आउँछ नि ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले जो भन्छौं त्यही आउँछ ।’ साथै उनले सुदूरपश्चिम प्रदेश सरकार ढलेसँगै केन्द्र सरकार पनि ढल्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘हेर्दै जाऊँ ।’

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनभित्र राष्ट्रपतिको उम्मेदवार एमालेबाट हुँदैछ। त्यस्तै, कांग्रेसले राष्ट्रपतिमा कुनै हालतमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गर्दै आएको छ ।

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा खतपट पैदा भइसकेको छ । प्रधानमन्त्री पुष्पकमलल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडानमा छ भने एमाले जसरी पनि आफुले पाउनुपर्ने अडानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...