अग्नी सापकोटा र पम्फा भुसाल माओवादीको उपाध्यक्षमा भए बढुवा

Agni pamfa

काठमाडौं । माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटा उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्ष बनाएको छ । यससँगै माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।

बुधबार जारी सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । सभामुख सापकोटा पार्टीको जिम्मेवारीमा थिएनन् भने भुसाल उपमहासचिव थिइन् ।

माओवादी कार्यालय सचिव श्रीराम ढकालका अनुसार पछिल्लो स्थायी समिति बैठकमै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको थियो । उनले भने, त्यसअनुसार आज सर्कुलर जारी गरिएको छ ।’

उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए । भुसालको भने बढुवा भएको हो ।

त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...