आज धनकुटा महोत्सव सकिँदै, मनोरञ्जनात्मक कार्यक्रम नहुने

Dkt mahotsab 6

धनकुटा । गत माघ ६ देखि धनकुटामा जारी एभोकोडो तथा पाँचौं धनकुटा महोत्सव आज सकिने भएको छ ।

शुरुमा माघ १६ गतेसम्म गर्ने भनिएको महोत्सव व्यवसायी र कृषकहरुको आग्रहमा १८ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । तर, शनिबार गायक प्रमोद खरेल आउने भएपछि भएको भीडले किचेर ३१ जना घाइते भएपछि आयोजक संस्था उद्योग बाणिज्य संघले आज महोत्सवको औपचारिक रुपमा समापन गर्ने जनाएको छ ।

धनकुटा ५ स्थित तल्लो टुँडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति हुनुअघि करिब साढे ८ बजे राति सो घटना भएको थियो । सो घटनामा परी ३१ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबारसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रहरु भइरहे पनि महोत्सवस्थलमा शनिबार राति भएको घटनापछि तल्लो टुढिखेलमा आयोजना हुने भनिएका सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रममा इतबार जिल्ला सुरक्षा समिति बैठक बसेर महोत्सवस्थलमा गरिँदै आएको सांस्कृतिक कार्यक्रम, विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनमा रोक लगाइएकोपछि आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर सोमबार १ बजेपछि औपचारिक रुपमा महोत्सवको समापन गरिने र ६ बजेसम्म सबै स्टलहरु पनि बन्द गरिने जानकारी दिएको थियो । सोही अनुसार आज पाँचौं धनकुटा महोत्सव समापन हुन लागेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...