गायक प्रमोद खरेलले धनकुटा महोत्सवमा भएका घाइतेको उपचारमा सहयोग गर्ने

Pramod kharel

धनकुटा । गायक प्रमोद खरेलले धनकुटा महोत्सवस्थल हेर्न आउनेको भीड अनियन्त्रित हुँदा घाइतेहरुको उपचारमा सहयोग गर्ने भएका छन् । धनकुटामा जारी पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेलले शनिबार सांगीतिक प्रस्तुती दिने भनिएको थियो ।

तर गायक खरेल कार्यक्रम स्थलमा प्रवेश गर्ने बेला भएको बेला भएको भागदौडमा परी ३१ जना घाइते भएको थिए । घाइतेमध्ये १ जनाको विराटगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ भने धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २० जना मध्ये ९ जना डिष्चार्ज भइसकेका छन् । बाँकी ११ जनाको उपचार भइरहेको छ ।

सो घटनामा परी घाइते भएकामध्ये धनकुटा ५ का ६ वर्षीय अभियान लिम्बुको टाउकोमा चोट लागेको छ । उनको गोल्डेन अस्पतालमा सल्याक्रिाय भइसकेको छ । उनीसँगै सोही अस्पतालमा उपचाररत सनम लिम्बुको भने स्वास्थ्य अवस्था सामान्य भएपछि धरान ल्याइएको छ ।

सो भीडमा परी अंशु सुवेदी, विसन तामाङ, उदीप राई, आर्यन राई, नन्दकुमार तामाङ, विनिता लिम्बु, प्रवेश राई, शान्ता योगी, सुनील लिम्बु, श्रेया कटवाल, प्रकट श्रेष्ठ, कुसुम श्रेष्ठ, प्रेम दाहाल, विष्णु लिम्बु, गोमा कार्की, नारायण राई, सन्दिप साह, हिरा राना, प्रकाश प्रधान, बुद्धिमाया लिम्बु लगायत घाइते भएका थिए ।

भीड बढी भएपछि पनि महोत्सव आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडपपछि भाग दौड मच्चिएको थियो । सो क्रममा च्यापिएर घाइते भएका हुन् ।

गायक खरेलले आफ्नो प्रस्तुती हेर्न आउँदा भएको घटनामा परी घाइते हुनु दुःखद भएको भन्दै महोत्सवमा आफुले पाउने पारिश्रमिक घाइतेहरुको उपचारमा खर्चिने बताए । उद्योग बाणिज्य संघले गरेको पत्रकार सम्मेलनमा गायक खरेलले आफ्नो प्रस्तुती हेर्न आउँदा घाइते भएकाहरुलाई उपचारमा सहयोग पुगोस् भनेर आफुले पाउने भनिएको सबै पारिश्रमिक आयोजकलाई जिम्मा लगाएको बताए ।

उनले आफुले सांगीतिक कार्यक्रम पनि प्रस्तुत गर्न नपाएको र घाइतेहरुको उपचार गर्नु आफ्नो पनि दायीत्व भएकाले पारिश्रमिक वापतको रकम घाइतेको उपचारका लागि सहयोग गरेका बताए । तर, कति रकम खर्च गरेको भन्नेबारे केही खुलाउन चोहनन् ।

 

महोत्सवमा भागदौड अपडेट : २ जना बालकको अवस्था चिन्ताजनक, १६ जनाको धरानमा उपचार हुँदै

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...