डा. बाबुराम भट्टराई भन्छन्, राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खाँचो छ

Dr baburam bhattarai

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनमा सर्वसम्मत हुनुपर्ने बताएका छन् । शनिबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।

‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔं । नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔ।भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन’ उनले भने ।

अभिभावकीय भूमिका भएकाले पनि राष्ट्रपति पदमा राष्ट्रिय सहमति भएमा राम्रो भट्टराईको भनाइ छ । ‘सकेसम्म सरकार निर्माण लगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कम से कम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्ट्रपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ,’ उनले भने,‘ त्यसमा को व्यक्तिमा सहमति बन्छ अहिलै भन्न सकिने अवस्था चाहिँ छैन ।’

‘बिडम्बनाका कारण के देखियो भने एउटा गठबन्धन बनाएर निर्वाचन लड्यौं सरकार बन्ने बेला अर्को गठबन्धन र विभिन्न मुद्दाहरुमा समीकरण फेरिरहने जन परिस्थिति आएको छ’ उनले भने, ‘यसले राष्ट्रपतिजस्तो देशको एकताको प्रतीक संविधानको रक्षक, अभिभावकीय भूमिका दिएको संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति भएन भने अस्थिर राजनीतिक परिवेशमा अलि प्रतिकुल असर पर्न सक्छ ।’

नेपालको राजनीतिमा देखिएको अन्योल र अस्थिरताको संकेतलाई हल गर्न पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए । राष्ट्रपतिमा तपाईँको चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने,‘राष्ट्रिय सहमतिको निमित्त निरन्तर पैरवी गरेको छु, सायद त्यसैमा आधारित भएर शुभेच्छुकहरूले म पनि एउटा पात्र हुन सक्छु भनेर चर्चा चलाउनुभएको छ, म आफैले त्यसलाई त्यस्तै रूपमा बुझ्नु समयभन्दा अलि अघि हुन्छ जस्तो लाग्छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...