यातायात कार्यालय धनकुटाका प्रमुख लुईटेलमाथि नेकपा बहुमतको दुर्व्यवहार, दले कालोमोसो

Yatyat ofice moso

धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

लुईँटेलले घुस लिने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् । पार्टीका संयोजक मोहन घलेले बुधबार विज्ञप्ति जारी गर्दै लुईँटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।

घलेले सेवाग्राहीबाट लुइँटेलले घुस लिने गरेको कुरा जिल्ला संगठन समिति अन्तर्गतको न्यायिक समितिमा उजुरी आएको दाबी गरेका छन् । छानबिनका क्रममा घुस लिएको प्रमाणित भएपछि मोसो दलिएको उनको जिकिर छ ।

'लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्ति १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले चेतावनीस्वरुप सांकेतिक कारवाही गरेका हौँ' घलेले भनेका छन् ।

कार्यकक्षमा बसिरहेका वेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपीलाई फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको मोसो दल्नेको पहिचान भएर खोजी भइरहेको उनको भनाई छ । मोसो दल्नेका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र जसरी खोजेर कारबाही गरिने एसपी अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...