स्थानीय तहको स्वास्थ्य शाखाका ४ जना संयोजक, जो एकैसाथ दुर्घटनामा विलिन भए

Surkhet accident death

सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । मुत्यु हुनेमा गाडी चालक वीरेन्द्रनगर -७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका -५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका -५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका -३ का ३६ वर्षीय राजेन्द्र बिसी थिए ।

सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर -११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । मृतक सबैजना मिल्ने साथी थिए ।

शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने समीक्षा गोष्ठी आयोजना गरेको थियो । गोष्ठीमा भाग लिन आएका थिए, दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही, भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही, डुङ्गेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दीपेन्द्रजंग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी । उनीहरु चारै जना आआफ्नो स्थानीय तहको स्वास्थ्य शाखाका संयोजक हुन् ।

उनीहरुका साथी भैरवी गाउँपालिका दैलेखका २७ वर्षीय सागर शाही सुर्खेतको वीरेन्द्रनगरमै रारा मेडिकल सप्लार्यस नामक पसल सञ्चालन गर्थे । पाँच जना मिल्ने साथीहरुको भेट लामो समयपछि वीरेन्द्रनगरमा भएको थियो ।

धेरै सयमपछि भेट भएको भन्दै चारैजनाले खुशी मनाउने निधो गरे। भेरीगंगा नगरपालिका–१ मा स्थित एक कटेजमा रमाइलो गर्ने भन्दै साँझ ६ बजेतिर उनीहरु वीरेन्द्रनरबाट निस्किए ।

उनीहरूले वीरेन्द्रनगरदेखि ३० किलोमिटर टाढा रहेको छिन्चु गएर रमाइलो गर्ने योजना बनाए र त्यसतर्फ गए । त्यहाँ दिनभर घुमेर होटेलमा बसे । बिहानै वीरेन्द्रनगरमा कार्यक्रम भएकाले राति नै फर्किने योजना बनाए ।

राति अबेरसम्म खानपिन गरेर करिब १२ बजेतिर पाँचैजना वीरेन्द्रनगरतर्फ फर्किए । उनीहरु सवार गाडी सागर शाहीले चलाइरहेका थिए । उनीहरु सवार गाडीले भेरी नदी क्रस गर्‍यो। रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो ।

गीत बजाउँदै जब उनीहरु झुप्रा खोला जाने बाटो क्रस गरेर करिब तीन सय मिटर अगाडि पुगे, त्यहीबेला सडकछेउमा निर्माण गरिएको डिभाइडरमा गाडी बजारिन पुग्यो । त्यतिबेलासम्म होसमै थिए वीरेन्द्र शाही । गाडीले ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा २० मिटर तल खस्न पुग्यो । त्यसबेलासम्म गाडी चालक सागर, राजेन्द्र, दिपेन्द्र र बबिन गम्भीर घाइते भइसकेका थिए ।

बेहोसीमै वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरुको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍यायो । वीरेन्द्रबाहेक अन्य चारजनाले उपचारका क्रममा ज्यान गुमाए ।

‘गाडी स्पिडमा पनि थिएन। हस्सु लागेको थियो, गीत सुन्दै अघि बढिरहेका थियौँ । खै ! एक्कासी के भयो भयो, गाडी खसेपछि म सडकको साइड वालतिर परेछु', घाइते वीरेन्द्रराज शाहीले भने, 'जसोतसो उठे जस्तो लाग्छ, त्यहीबेला प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’

घाइते वीरेन्द्रनका अनुसार उनीहरु सबै एकै ब्याचीसमेत हन् । गाडी चालक सागरले सुर्खेतमा फार्मेसी सञ्चालन गरिरहेका थिए ।

 

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना घाइते

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...