‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

अन्ततः लिभरपुलका सञ्चालकहरुले गल्ती स्वीकारे

Whatsapp image 2023 01 21 at 10.34.56 am

काठमाडौं । बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका लागि विदेश हानिएकै छन् । भनेको जस्तो काम भने पाइँदैन ।

  • कामै गतिलो नभएपछि कमाईको के कुरा ? अनि गज्जब त के भने ?श्रम स्वीकृति दिने नेपाल सरकार, पठाउने म्यानपावर, जागिर दिने विदेशी । र, यि सबैलाई घुमाउने चाँहि विचौलिया अर्थात् दलाल ।

सामान्य बुझाइमा कुनै पनि नेपाली नागरिकलाई नेपाल सरकारले श्रम स्वीकृति दिनु भनेकै नेपालमा हुँदै उसले जागिर पायो अर्थात् उसलाई जागिर दिने नेपाल सरकार नै हो भन्ने बुझ्नु पर्ने हुन्छ । र, श्रम स्वीकृति पाउनु भनेकै काम, दाम र ठाम पक्का हुनु हो । काम दिने मुलुकले पनि त्यहि भन्छन् ।तर, हाम्रा दाजुभाइ, दिदीबहिनीहरु ठाडै ठगिने गरेका छन् ।
भइरहेको के छ भने ?, सरकार लाजकै पसारो हुने गरी बुझ पचाएर खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । तर, नेपाल सरकारले दिएको श्रम स्वीकृति अनुसार नेपाली कामदारले विदेशमा काम पाइरहेका छैनन् ।

यता श्रम स्वीकृति दिलाइदिने र उता जागिर मिलाइदिनेहरुले गोलमाल गर्दा श्रम स्वीकृति दिँदा उल्लेख भए अनुसारको काम र दाम पाउँदैनन्, नेपालीहरुले । ठाडै भन्ने हो भने, यहाँ सरकारले नै सँधै ठगिरहेको छ । कारणः ‘श्रम स्वीकृति दिन्छ । काम दिन्न । म्यानपावरले विदेशी रोजगारदातासँग साँठगाँठ गरेर थोरै तलब भत्तामा काम गर्न बाध्य पार्छन् ।’ अनि, विचौलियाले श्रमिकलाई त ठग्छन् नै नेपाल सरकार र रोजगारदाता कम्पनीलाई समेत प्रभावमा पार्छन् । अनि, त्यसैलाई भनिन्छ होला, ‘काले काले मिलेर खाउँ भाले ।’

यो त सँधैको सेड्यूल भइहाल्यो । यहाँ यस्ता म्यानपावर पनि छन्, जसले सुकुल गुण्डाहरु भन्दा बढ्ता ठग्छन्, लुट्छन् । दिउँसै रात पार्छन् । नेपालमा एउटा काम भनेर मलेसियामा अर्कै काम भिडाइदिन्छन् । र, तलब पनि तीन महिनापछि आउँछ ।

रोजगारदाता मुलुकबाट सामान्य कम्पनीको माग ल्याउने र त्यस्ता कम्पनीमा समेत राम्रो कमाई हुने भन्दै कामदार पठाएर विचल्ली पार्ने गतिविधि बढ्दै गएका छन् । कुनै कम्पनीहरुयस्ता हुन्छन्, जो दुई तिन महिना मै बन्द हुन्छन् । कुनैमा एक दुई महिनामै काम सकिएर हातखाली हुन्छ । अनि, हुँदैन त कन्तविजोग ?

त्यस्ता कयौँ ‘कागजी कम्पनी’हरुमा काम लगाइदिन्छौँ भनी सोझा नेपालीलाई ठग्ने म्यानपावर मध्येको शिखरमा छ, काठमाडौंको स्वयम्भूस्थित लिभरपुल एचआर सोलुसन प्रालि । आहा ! नाम कस्तो, लिभरपुल । प्रविधिको विस्तारका कारण इंग्लिश नाम ‘लिभरपुल’ सबैतिर परिचित नै छ । अझ त्यसै नामबाट नेपालका विभिन्न ठाउँमा स्कुल, कलेज, होटल, रेष्टुराँ, ट्राभल्स अनेक खुलेसँगै लिभरपुल बड्तै सुनिएको छ । पैँसो कमाउने अरु कुनै मेलो नपाएर म्यानपावरको आवरणमा अकुत कमाउन ‘सुकुल गुण्डाहरु’ले म्यानपावरको नामै लिभरपुल राखेछन् । अनि सोझासाझा नेपाली नफसुन् त ?

विकसित मुलुकमा पहिलो त यसरी अर्काको ट्रेडमार्क प्रयोग गर्नै पाइँदैन । गरिहाले, फ्रेन्चाइज गरेर सञ्चालन गर्नुपर्ने हुन्छ । अलग्गै गर्ने भए आफ्नै ट्रेडमार्क दर्ता गर्नु पर्छ । नेपालमा त जसले जे नाम राखेर जे सुकै चलाए पनि चल्छ । यहाँ त, कसैले मान्छे मार्ने कम्पनी नै खोल्न लागेछ भने पनि दर्ता हुनसक्छ ! त्यसो भएका खण्डमा पनि अचम्म नमाने हुन्छ । लाजको पसारो के भने–‘अघि वा पछि एउटा ट्याग वा फुर्को गाँसेर कम्पनी दर्ता गर्ने ट्रेन्डिङ नै छ, नेपालमा ।’

अझ म्यानपावरको हकमा त, कस्ता कस्ता नाम ? नाम पढ्नासाथ लाग्छ, हामी अमेरिका, युरोपमै छौँ । तर, काम भन्नुहुन्छ भने सात पुस्तासम्म पनि नपखालिने ‘महापाप’ गर्छन्, यिनले ।
फेरि स्वयंभूजस्तो पवित्रस्थलमा यस्तो पाप गर्नु पहिला अलिकति चेष्टा हुनुपर्ने हो ।

हुन त सामान्य मानवीय धर्मको समेत चेष्टा नहुनेलाई स्वयंभूकाबारे के सम्झाउनु ? यस्ता महागठहरुलाई कारबाही गर्न विन्ति विसाउने चाँहि कहाँ होला ? (प्रहरी, प्रशासन, सिंहदरबार, संसद वा पशुपतिनाथ ?)

पीडितको व्यथा
लिभरपुलमार्फत वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २८ जना नेपालीले उद्दारका लागि धेरै तहतप्कालाई गुहारे ।कसैले उनीहरुको पीडा सुनेन । र, उनीहरुखप्तडटिभीको सम्पर्कमा आए । दोलखा घर भएका कुमार बुढाथोकीसहितका २८जनाको समूहले खप्तडटिभीसँग भिडियो मार्फत गुहारमागेको छ । त्यो अनुनयविनयको भिडियो खप्तडटिभीसँगसुरक्षित छ ।

दोलखाघरभएका कुमार बुढाथोकी गएको सेप्टेम्बर १३ मा मलेसिया उडे । मलेसियामा सोफा बनाउने कामका लागि भनेर लिभरपुलएचआर सोलुसन प्रालिलाई २लाख ५० हजार रुपैयाँ खनखन गनेर बुझाए ।

म्यानपावरले सोफा कम्पनीमा २ हजार १ सय७२ रिंगिट तलव, ८ घण्टा काम, ओभर टाइम, खान बस्न भनी सम्झौता गराएको थियो । तर, मलेसिया पुग्दा त्यो झुठा सावित भयो । मलेसिया पुगेपछि म्यानपावरले भनेजस्तो काम, सेवा सुविधा, र पैसोपाइएन । हुँदा–हुँदा काम नै फरक, सोफा कम्पनीमा काम सुविधाजनक छ भनेकामा उनी अहिले काठ काट्ने र काठका भारी गोलिया बोक्ने, उचाल्ने र लोड गर्ने काम गरिरहेका छन् ।

‘सोफा बनाउने कम्पनी भए सिप सिकौँला र सिप सिके भोलि आफ्नै जन्मभूमिमा पनिकेही गरौँला भन्ने सपना बोकेर २ लाख ५० हजार बुझाएर मलेसिया आएको म ठाडै ठगिएँ हजुर’, उनले खप्तडटिभीसँग गुनासो गर्दै भने, ‘सोफा बनाउने भनेको मान्छे अहिले काठका गोलियामुनि थिचिनु परको छ, मेरो सिप सिक्ने र अलिकति धन कमाउने सपना यिनै काठका गोलियामुनि थिचियो,हजुर । यसरी ठग्ने स्वयंस्भूको लिभरपुल म्यानपावरलाई नछोड्नुहोला ।’

यो काठ उठाउने ठाउँमा तलब पनि २ महिनाको एकपटक आउँछ, उनले अगाडि भने, ‘दुई महिनामा एक पटक आउँछ, त्यो पनि १ महिनाको मात्रै । र, महिनाको १९ दिन मात्रैै काम हुन्छ ।’
उनी मलेसिया छिरेको पाँच महिना भयो । २ महिनाको पारिश्रमिक पाउन अझै बाँकी छ । उनी भन्छन्, ‘म्यानपावर र मलेसियास्थित नेपाली राजदूतावासलाईगुनासो गरियो । मान्छे समेत पठाइयो । तर, केही सिप लागेन ।’ बुढाथोकी मात्रै होइनलिभरपुलले विचल्लीमा पारेका २८ जना नेपाली श्रमिक उद्दारको पर्खाइमा छन् । म्यानपावरले अहिले पनि समस्या समाधानका लागि आश्वासन मात्रै दिइरहेको छ ।

के भन्छन्, म्यानपावर सञ्चालक ?
वर्षमा करिब ५ सयनेपाली कामदारविदेश पठाउने जिकिर म्यानपावर कम्पनी, लिभरपुलले गरेको छ । र, उसलाई लाग्छ, यस्ता समस्या सामान्य हुन्, कहिलेकाँही भइहाल्छन् नि ! कामै फरक पर्दा, तलब नपाउँदा, महिनामा जम्मा १९ दिन मात्रै काम हुँदा र बाँकी दिन खाली बस्दासमेत म्यानपावर यसलाई कहिलेकाँही हुने सामान्य समस्या भनिरहेको छ ।

पत्रकारसँगै कस्तो मजाक ?
लिभरपुलका सञ्चालक एवं अध्यक्ष विष्णुहरि शर्मा, कार्यकारी निर्देशक शान्तबहादुर कुँवर र बजार व्यवस्थापक रामप्रसाद न्यौपानेले मलेसियामा दुःख पाइरहेका बुढाथोकीबाट आफुहरुले २ लाख ५० हजार नलिएको बताए । तर, उनीहरुले झुठ बोलेका रहेछन् ।

बुढाथोकीले प्रबन्धक माया पाण्डेलाई त्यो रकम बुझाएको र पाण्डेले त्यो रकम लिएको पोल एकछिनमै खुलिहाल्यो ।

पैसा बुझाउने बेलामा बुढाथोकीको मोवाइल समेत खोसेर राखिएको थियो । त्यो कुरा बुढाथोकी अहिले पनि विर्सेका छैनन् ।

अन्ततः लिभरपुलका सञ्चालकहरुले गल्ती स्वीकारे । र, हामी २८ जनाकै समस्या समाधानमा लाग्छौँ, भने । तर, कहिले ? जवाफमा उनीहरुले भने, ‘अर्को महिना (फेब्रुअरी)को पहिलो हप्तातिर ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...