देशभर मौसम बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँ पर्ने सम्भावना

Mausam photo

काठमाडौं । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ । मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ सँगै कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

सोमबार दिउँसो भने मौसम सामान्यतया सफा रहनेछ । राति केही ठाउँमा बदली भए पनि हिमपात र वर्षाको भने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...