शुरु भयो पाँचौ धनकुटा महोत्सव, प्रधानमन्त्री नआउँदा भुमी व्यवस्था मन्त्रीले गरे उद्घाटन (फोटो फिचरसहित)

Dhankuta mahotsab udghatan

धनकुटा । आजदेखि प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम पाँचौ धनकुटा महोत्सव शुरु भएको छ ।

तल्लो टुँडिखेलमा जारी महोत्सवमा अलैची, अदुवा, अल्लो, ओलन, अकबरे लगायत १९ प्रकारका कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका छन् ।

प्रत्येक महोत्सवमा घाटा बेहोर्दै आएको धनकुटा उद्योग बाणिज्य संघले यो वर्ष घाटा नहोस् भन्नका लागि मेलाको मुख्य आकर्षण एभोकाडोलाई देखाएको छ । यसअघिका ४ वटा महोत्सवमा आयोजकले घाटा बेहोर्दै आएको थियो ।

यसअघिको चौथो महोत्सवमा त पानी परेर कलाकार बोलाइएको दिन महोत्सव नै हुन नसक्दा आयोजकले थप घाटा बेहोर्नु परेका थियो । तर, यो वर्ष घाटा नहुने गरी काम गरिएको आयोजकको दावी छ । यो वर्षको महोत्सवमा ५ करोडको कारोवार हुने अनुमान गरिएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने धनकुटा महोत्सवमा १ सय ८० वटा स्टल राखिएका छन् । ती स्टलहरुमध्ये १ सय ३७ वटा कृषि प्रदर्शनी स्टल छन् ।
‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ आजदेखि शुरु भएको महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने आगलागीको जोखिमलाई ध्यान दिँदै महोत्सव स्थलमा दमकल र एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

महोत्सवलाई व्यवस्थित गर्न विभिन्न युवा क्लव, सामाजिक संघसंस्था, व्यवसायी, सुरक्षाकर्मी र स्वयमसेवकको परिचालन गरिएको प्रचार प्रसार संयोजक श्रीराम रायमाझीले बताए । साथै यो पटक राष्ट्रिय कलाकारसँगै स्थानीय र ओझेलमा परेका धनकुटाका प्रतिभाहरुलाई स्थान दिइएको कलाकार व्यवस्थापन समितिका संयोजक रिदम श्रेष्ठले बताए ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा योजना स्थगित भएको आयोजकले जनायो । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए ।

महोत्सवको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य धनमाया विश्वकर्मा, प्रदेशसभा सदस्यहरु निरन राई, इन्द्रमणी पराजुली, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई लगायत विभिन्न स्थानीय तहका प्रमुखहरुले धनकुटाको पर्यटन विकासका लागि महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

सो महोत्सवमा विभिन्न जातजातिका झाँकीहरु प्रस्तुत गरिएको थियो भने सात वटै पालिकालाई समेटेर धनकुटा काठमाडौं सांस्कृति समाजले तयार पारेको धनकुटाको नयाँ गीत पनि सार्वजनिक गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...