अन्तिम सेमिफाइनल फुटबल चलिरहेको वालिङ मैदानमा जब हेलिकोप्टर ल्यान्ड भयो ... !

Khel maidanma helicoptar

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका -८ को खेल मैदानमा बिहीबार ‘प्रथम वालिङ गोल्डकप प्रतियोगिता चलिरहेको थियो । क्यामरुनी टोली र वालिङ रातोबीचको अन्तिम सेमिफाइनल हेर्ने दर्शक पनि खचाखच थिए ।

वालिङ खेलमैदानमा बिहीबार खेल चलिरहेकै समय एक्कासी हेलिकप्टर अवतरण गरिएपछि केहीबेर झडप भएको छ । ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल’ खेल चलिरहँदा वालिङका विनोद गैह्रेले बिना सूचना प्रभु कम्पनीको हेलिकप्टर अवतरण गरे । हेलिकप्टर अवतरण हुँदा खेल रोकिएको थियो । खेल जारी रहेकै बेला हेलिकप्टर अवतरण गरेपछि मैदानमा केही समय झडप भएको थियो ।

खेलको पहिलो हाफ चलिरहेका बेला आकाशमा एकाएक हेलिकोप्टर देखियो । दर्शकदीर्घामा रहेकाहरुले आकाशतिर आँखा लगाउन नपाउँदै हेलिकोप्टर खेल मैदाननजिकै आइपुग्यो । हेलिकोप्टर आइपुगेपछि बाक्लो धुलो उड्यो । मैदानमा खेल्दै गरेका खेलाडीहरु लाखापाखा लागे । ९ एन–एएलएक्स विमान खेलमैदानमै अवतरण गर्‍यो ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बिनासूचना हेलिकप्टर ल्यान्ड गरेपछि कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरण पोखरामा सिफारिस गरिसकिइएको बताए । उनका अनुसार हेलिकप्टरमा ४ जनामात्र यात्रु थिए ।

खासमा वालिङ नगरपालिका ९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए । प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोल चालक थिए । हेलिकोप्टर ल्याण्ड भएसँगै आयोजक र खेलाडीहरु आक्रोशित बनेका थिए । उनीहरुले क्याप्टेन डंगोलमाथि हातपात गरे। स्थानीयको कुटाइबाट क्याप्टेन डंगोलको नाक र मुखबाट रगत निस्कन पुग्यो ।

पक्राउ पर्नेमा वालिङ नगरपालिकाका युवा विनोद गैरे रहेका छन् । उनी त्यही हेलिकोप्टरमा वालिङ पुगेका थिए । कुटाकुटलगत्तै डंगोलले हेलिकोप्टर पोखरा लगिसकेका छन् । केही समय रोकिएको प्रतियोगिता पुनः सञ्चालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...