संयुक्त आन्दोलनका लागि धमाधम सम्झौता गर्दै समाजवादी कांग्रेस (सम्झौता पत्रसहित)

Samajwadi congress samjhauta

काठमाडौं । एकल रुपमै प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै देशभर आन्दोलन गरेको नेपाल समाजवादी कांग्रेसले विचार मिल्ने अन्य दलसँग पनि सहकार्य गर्न थालेको छ ।

पुस २२ गते संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग सहकार्य गर्ने सम्झौता गरेको नेपाल समाजवादी कांग्रेसले आज फेरि अर्काे घटक नेपालका लागि नेपाली नामक दलसँग सम्झौता गर्दै संघीयताको खारेजी, संवैधानिक प्रजातन्त्र, हिन्दु राज्यको पुनस्र्थापना, संवैधानिक रासंस्थाको स्थापना लगायतका विषयमा संयुक्त आन्दोलन गर्ने जनाएको छ ।

यसअघि समाजवादी कांग्रेसले लामो समयदेखि संघीयताको खारेजी, संवैधानिक प्रजातन्त्र, हिन्दु राज्यको पुनस्थापना, संवैधानिक रासंस्थाको स्थापना लगायतका विषयमा सडक संघर्ष गर्दै आएको थियो ।

सो सम्झौतामा नेपाल समाजवादी कांग्रेसको तर्फबाट अध्यक्ष गोविन्द निरौला र सचिव मानबहादुर गुरुङ हस्ताक्षर गरेका छन् भने नेपालका लागि नेपाली पार्टीका अध्यक्ष सुशीलचन्द्र अधिकारी र मुख्य सचिव दिपक महाराज आत्रेयले हस्ताक्षर गरेका छन् ।

सुनसरीको चतरामा गरिएको सो सम्झौता पत्रमा संवैधानिक प्रजातन्त्र, सनातनी हिन्दु राज्य, विशेषाधिकार सहितको राजसंस्था लगायतका विषयमा संयुक्त रुपमा आन्दोलन गर्नुपर्ने देखिएकाले एकसाथ आन्दोलनमा जाने उल्लेख गरिएको छ । तर, कसरी र कहिलेदेखि संयुक्त आन्दोलन गर्ने भन्ने केही खुलाइएको छैन ।

र यो पनि ...

समाजवादी कांग्रेसले जनआन्दोलन मोर्चासँग सहकार्य गर्ने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...