सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : मन्त्री शर्मा

Rekha sharma sancharmantri

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।

मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि स्पष्ट पारिन् ।

सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ आफूले ध्यान दिने मन्त्री शर्माले बताएकी थिइन् । ‘मेरो प्राथमिकता भन्दा पनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पुर्‍याउने कुरा । अर्को कुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ,’ मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिएकी थिइन् । उनले भनिन्, ‘समस्यालाई समाधान गर्ने गरी गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरु सूचना प्रविधिमार्फत् हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।’

‘संसार ग्लोवललाइजेशनमा गइसक्यो। हाम्रो त्यो ढंगले विकास हुन सकिराखेको छैन । सार्वजनिक संस्थानहरु अस्पतालहरु भयो, विभिन्न ठाउँहरु भयो त्यहाँ पनि हाम्रो सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दाखेरी, बैंकिङ, बित्तीय कारोबारमा, उत्पादनमा सबै ठाउँमा यो हुन नसक्दा हामी केही समस्यामा पक्कै छौँ’ उनले भनिन्, ‘त्यसलाई कसरी सहज, सुलभ बनाउन सकिन्छ, यसलाई उत्पादनसँग कसरी जोड्ने, सामाजिक संघ, संस्थामा लगेर कसरी जोड्ने र हरेक मान्छेको दैनिक जीवनमा सूचना, प्रविधिलाई कसरी जोड्ने भन्ने विषय नै चुनौतिको विषय हो । त्यसलाई हाम्रो देशको अर्थतन्त्रले थेग्न धान्न र त्यही ढंगले अगाडि बढाउन सक्नुपर्छ भन्ने लागेको छ। त्यही नै चुनौति र सम्भावना हुन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...