धनकुटाको मुगामा गोरु जुधाई प्रतियोगिता सम्पन्न, पर्यटनको गन्तव्य बन्दै गजेगैह्री (फोटोफिचरसहित)

Goru judhai muga

धनकुटा । पछिल्लो समयमा गोरु जुधाउने प्रतियोगिता पर्यटक आकर्षण गर्ने एउटा सशक्त माध्यम बन्न थालेको छ । यसैक्रममा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. ७ गजेगैरीमा पाँच वर्षअघि शुरु गरिएको गोरु जुधाई प्रतियोगिताले जिल्लाका आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।

पहिले कामीडाडाको गजेगैह्री मात्रै भनिन्थ्यो । तर, गोरु जुधाई प्रतियोगिता हुन थालेपछि यो ठाउँलाई अधिकांसले गोरु जुधाउने ठाउँको रुपमा चिन्न थालेका छन् । यसले मुगाको आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउन थालेको माघी मेला आयोजक समितिका संयोजक तथा प्रगतिशील सेवा समाजका अध्यक्ष गोपाल विश्वकर्माले बताए ।

यहाँ पाँच वर्षदेखि निरन्तर माघे सक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता आयोजना गर्ने गरिएको छ । यो वर्ष गरिएको प्रतियोगितामा पाख्रीवास चुङ्माङका राजकुमार राईको गोरु टाइगरले प्रथप स्थान हासिल गरेको छ । सो वापत टाइगर गोरुका धनी राजकुमार राईले नगर ३५ हजार रुपैयाँसहित प्रमाण पत्र हात पारे ।

यो वर्ष १६ वटा गोरुले भाग लिएको सो प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका अरुण दाहालको गोरु ठुडुल्के र मुडुल्के क्रमसः दोस्रो र तेस्रो भए । सोवापत ठुलुल्के र मुडुल्केका धनी अरुण दाहालले नगद २० हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे ।

निक्कै मनोरञ्जनपूर्ण भएको माघी मेला तथा मनोरञ्जनात्मक कार्यक्रममा भएको डोरी तान्ने प्रतियोगितामा अमर राईको टोली प्रथम भएका थियो । सो टोलीले नगद २ हजार रुपैयाँ प्राप्त गरे भने दोश्रो भएका प्रकाश बस्नेतको टिमले नगर १ हजार पुरस्कार प्राप्त गरे । पोल चड्ने प्रतियोगितामा भने आयु गुरुङ प्रथम भएका थिए । त्यसैगरी भलिवल प्रतियोगितामा मिलिजुली समूह प्रथम र चुङ्माङको समूह दोश्रो भएको थियो । विजयी टीमलाई नगद ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको प्रगतिशील सेवा समाजका सचिव शंकर विश्वकर्माले बताए ।

प्रगतिशील सेवा समाजको आयोजनामा भएको माघी मेला, गोरु जुधाई प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...