धनकुटाको सिधुवा बजारमा भीषण आगलागी, ३ जलेर नष्ट

Aaglagi sidhuwa

धनकुटा । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ ।

आज धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा भएको भीषण आगलागीबाट घर पूर्णरुपमा जलेका छन् भने अर्काे एक घर आधा जलेको छ ।

सिधुवा बजारको निक्कै व्यस्त मानिने काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि सुरु भएको थियो । सो आगलागीबाट स्थानीयस्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो । आगो नियन्त्रण लिन स्थानीय सन्तोष राइकाे घर भत्काइएको स्थानीय रीता गुरुङले बताइन् ।

उनका अनुसार आगालागी शुरु भएपछि स्थानीयले नियन्त्रणको प्रयास गर् पनि नियन्त्रणबाहिर गएपछि हिलेबाट नेपाली सेना, सिधुवा, हिले र धनकुटाबाट गएको सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरेको थियो । सो आगलागी नियन्त्रणका लागि धनकुटा र तेह्रथुमको बसन्तपुरबाट दमकल पुगेका थिए ।

सो आगलागी हुनुको कारण र क्षतीको विवरण आइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...