नुवाकोटको देवीघाटबाट समाजवादी कांग्रेसले भन्यो : प्रचण्ड हत्यारा हुन्, कारवाही गरिनुपर्छ

Gobinda niraula nuwakot program

काठमाडौं । ३०१ औं पृथ्वी जयन्ती नेपालभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा नेपाल समाजवादी कांग्रेसले नुवाकोटको देवीघाटमा पृथ्वी जयन्ती मनाएको छ ।

संघीयताको खारेजी, संविधानको खारेजी, संवैधानिक राजसंस्था आदीको माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसले पृथ्वी जयन्ती नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै मनाएको हो ।

नेपाल समाजवादी कांग्रेसले नेपाल एकीकरणका मुख्य योजनाकार पृथ्वी नारायण शाहको देहान्त भएको नुवाकोटको देवीघाटमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाएको थियो ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कायक्रममा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले भारतमा पार्टी कार्यालय राखेर नेपाललाई विखण्डन गर्ने अधिकार नेपालका कुनै पार्टीहरुलाई नभएको बताए ।

अध्यक्ष निरौलाले भारतको कलकत्ता, दिल्ली, गोरखपुर, बनारस लगायतका ठाउँका केन्द्रिय अफिस राखेर नेपालमा राष्ट्रियताको खोल ओढ्ने केही पार्टीहरुलाई नेपाल विखण्डन गर्ने अधिकार नभएको र उनीहरुले नेपाललाई विखण्डन गर्ने खोजे समाजवादी कांग्रेसले २०७२ सालको संविधान खारेज गर्दै नयाँ संविधान घोषणा गरेर राष्ट्र बचाउने अभियानमा लाग्ने बताए ।

उनले पृथ्वी नारायण शाहले विखण्डनउन्मुख रहेका खयिडत राज्यहरुलाई दुखले एकीकरण गरेका स्मरण गराउँदै अहिलेका साम्राज्यवादी सत्ताले त्यसलाई विखण्डन गरेर नेपाल नै नरहने खेलमा लागेको आरोप लगाए । ‘प्रचण्ड हत्यारा हुन्, उनलाई कानुनी दायरामा ल्याउनुपर्छ । उनलाई सत्तामा बस्नेअधिकार छैन’ उनले ‘अहिले चुच्चे नक्साको कुरा गरे पनि भारतलाई बेचिसकेको छ । ओली, नेपाल र देउवाले ठूलो कुरा नगरे हुन्छ । यहाँको जैविक विविधता भारतलाई सुम्पिएर नेपालको स्वमित्व संरक्षण हुन सक्दैन ।’

उनले अहिलेको राज्यव्यवस्था खारेजी हुनुपर्ने जिकिर गरे । ‘नेपालको जैविक संरक्षण गर्ने बाधक तत्व भनेको वर्तमान राज्य व्यवस्था हो । यसको अन्त्य गरिनुपर्छ’ उनले भने ‘अहिलेको राज्य व्यवस्थामा भएका राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री असंवैधानिक छन्, यस्ता असंवैधानिक तत्वले गरेका सबै कामहरु असंवैधानिक हुन्छन् ।’

सोकार्यक्रममा नेपाल समाजवादी कांग्रेसमा सचिव मानबहादुर गुरुङले पृथ्वीनारायण शाहको योगदानलाई भुलेर नयाँ कुरा गर्नु आफैंमा लज्जाको विषय भएको बताए ।

उनले अहिलेका सत्ताधारीहरुले मुलुकलाई विखण्डन गर्नका लागि भए पनि नेपाल एकीकरण गरेको योगदानलाई भुल्न खोजेको उनको आरोप छ । उनले शाहले नेपाललाई एउटै फुलवारी बनाए पनि अहिलेका काट्टे बाहुनकै कारण खस आर्य, जनजाति, दलित लगायतलाई राज्यसत्ताबाट विमुख गरिएकोले सबैको अपनत्व हुनुपर्ने बताए ।

सो कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका केन्द्रिय सदस्यहरु सोनी शर्मा, चन्द्र पाण्डे, मिलन अधिकारी लगायतले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछिको नेपाल र नेपालीको विषयमा चर्चा गरेका थिए ।

सो कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका विभिन्न तहका नेताहरु, स्थानीय, सञ्चारकर्मी लगायतले पृथ्वीनाराणण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ सालपछि एकता दिवस मनाउन थालिएको थियो । तर आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि अघिल्लो वर्षसम्म सरकारी कार्यक्रम बन्न सकेको थिएन ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...