घट्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोलको मुल्य १७५ रुपैयाँ पर्ने

Petrol mulya

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

अब घटेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेल १७२ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास भने हाललाई यथाबत राखिएको छ । हवाइ इन्धन आन्तरिक तर्फको प्रतिलिटर २० रुपैयाँ घटाई १७० कायम गरिएको छ भने बाह्यतर्फको प्रतिकिलोलिटर अमेरिकी डलर २२५ घटाइ १४२० कायम गरिएको छ ।

हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ । वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...