नेवाः पत्रकार दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ चयन

News patrar new samiti

काठमाडौं । नेवार पत्रकारहरूको संस्था नेवाः राष्ट्रिय पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

सो बहाधिवेसनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

सो महाधिवेसनले महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।

कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ (उपत्यका), पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी) चयन भएका छन् भने लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध भएको नवनिर्वाचित अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...