माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छ : महरा

Krishna mahara

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् ।

शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महराले आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्तिहरु माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले माओवादी नेताहरुले दुई बाटो हिडेको र दुबै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए । ‘एकथरी माओवादी नेताहरु एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ’ महराले भने ।

आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने महराले ठोकुवा गरे । उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पुँजिवादबाट पुँजिवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङ लगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित कम्युनिस्ट नेताहरुले नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले कार्यपत्र प्रस्तुत गरेका थिए भने तिलक थापा मगरले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...