कांग्रेस भन्छ, यो अवसर केन्द्रित गठबन्धनको आयु नै छोटो छ

Prakash sharan mahat

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । महतलेअहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप पनि लगाए ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए । ‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ’, उनले भने, ‘राजतन्त्र चाहिने र राजतन्त्र कुनै हालतमा हुन्न भन्ने, संघीयता चाहिन्छ चाहिन्छ भन्ने र चाहिँदै चाहिँदैन भन्ने विभिन्न प्रकृति र दिशातर्फ उन्मुख दलहरुको शुुद्ध पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ ।’
गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए । ‘यस्तो विरोधाभासपूर्ण अवस्था छ, त्यो बोझबाट नै यो गठबन्धन आयु छोटिन सक्ने प्रशस्त सम्भावना छ ।’

उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए ।

सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । उनले यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...