गुणराज रुचाल वर्ष खेलाडीको रूपमा सम्मानित

Gunraj ruchal

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई वर्ष खेलाडीको रूपमा सम्मान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमका बीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे ।

रुचालले आठौँ इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बनेका थिए । रुचाल थाइल्यान्डमै सम्पन्न वर्ल्ड मुवाँथाई च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भएक थिए ।

संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडीलाई पनि सम्मान गर्‍यो । जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद पाँच हजारबाट सम्मानित भए । जेनिकाले नोभेम्बरमा सम्पन्न १७ औँ वर्ल्ड च्याम्पियनसिपमा कास्य पदक जितेकी थिएन । मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...