आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

Congress padadhikari mitin

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने छ ।

नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन् । युवा नेता गगन थापाले पनि संसदीय दलको नेताका लागि तयारी अघि बढाएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेपछि देउवा दबावमा छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन आग्रह गरिएको जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई ज्ञापन गरेका थिए । सो लगत्तै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...