शुरु भयो मत गणना, आउन थाल्यो प्रारम्भिक मत परिणाम

Mat ganana

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको केही जिल्लाहरुमा मतगणना शुरु भएका छन् । अधिकांस पहाडी जिल्लाहरुमा मत गणना आजदेखि मात्रै हुने भएका छन् ।

ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।

ललितपुर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।

ललितपुर क्षेत्र नं. ३ का सहायक मतदान अधिकृत विष्णुप्रसाद पाण्डेका अनुसार आज बिहान साढे २ बजेदेखि मतगणना जारी छ । हिजो भएको मतदानमा ६१ हजार ५७५ मत खसेको थियो । त्यहाँ ९४ हजार ११६ मतदाता थिए ।

कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् । मतगणना पोखरा(१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत प्राप्त गरेका छन् ।

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।

थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।भक्तपुर९२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...