प्रचण्डको नयाँ घर : बाहिरबाट हेर्दा सामान्य, भित्र छ भव्य

Pracahnda new house

चितवन । नेपाली राजनीतिमा सधैं केन्द्रविन्दुमा रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलाबखत आलोचनामा पर्ने गरेका छन् । घर सर्ने र बस्ने कुरामा पनि प्रचण्डले पटकपटक आलोचना खेप्नुपरेको छ ।

सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गरे । अहिले पनि आलोचना खेप्न बाध्य भएका छन् । यसको कारण हो उनको भव्य घर । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखे पनि यो घर भित्रबाटै एक तले नै भए पनि निकै भव्य छ ।

यो हो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको यो घर छिमेकीका अनुसार १ करोड रूपैयाँमा बनेको हो । बाहिरबाट हेर्दा यो घर सामान्य देखिन्छ, तर भित्र निक्कै सुविधा सम्पन्न छ ।

ठूलो पर्खाल । भित्र छिर्ने बित्तिकै दायाँपट्टी सुरक्षाकर्मी र अन्य सहयोगी बस्न मिल्ने कोठा निकालेर टिनको छाना हालेर अस्थायी संरचना बनाइएको छ । १० कठ्ठा जग्गामा बनेको यो घरका सबै कोठामा फर्निसिङ गरिएको छ । घरमा परिवार र पाहुना बस्ने छुट्टै घर बनाइएको छ ।

घरको मुल ढोकाबाट भित्र प्रवेश गर्ने वित्तिकै फलसिलिङ हालिएको सान्दार बैठक कक्ष छ । बैठक कक्षमा लचकदार सोफा, एसी र फ्यान जडान गरिएको छ भने सबै कोठामा एसी छन् । भुइँमा चिल्ला मार्बल प्रयोग गरिएको छ । सयन कक्ष र शय्या पनि उत्तिकै भव्य छ ।

घरको ५० फिट लम्बाइ ३५ फिट चौडाइ छ । घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाएका थिए । सबै जमिनलाई घेरिएको पर्खाल भने ज्यालादारी कामदार लगाएर निर्माण गरिएको थियो ।

धेरैले प्रचण्ड चितवनमा नै घर सरेको भनिए पनि प्रचण्ड यही घरमा भने धेरै समय बस्दैनन् । काठमाडौँ केन्द्रित भएर राजनीति गर्दै आएका प्रचण्डको यो घरलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको छ । तर, अहिले भने प्रचण्डको हतारमा गृहप्रवेशलाई चुनावमा मतदाता आकर्षित गर्ने मेलोका रूपमा चित्रण गरिएको छ ।

र यो पनि...

भाडाको घर छाडेर नयाँ घरमा सरे प्रचण्ड

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्घटनामा परी पत्रकार महाविर विश्वकर्माको निधन

Mahabir bk

चितवन । बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज विहान साँढे ५ चित...