भाडाको घर छाडेर नयाँ घरमा सरे प्रचण्ड

Pracahnda new house

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन् । भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन् ।

यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए । प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन् । प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन् ।

काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन् । उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा प्रचण्डको नयाँ घर सराइलाई अर्थपूर्ण मानिएको छ । नयाँ एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको बताइएको छ । यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए ।

मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ । उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्याशदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...