एकीकृत समाजवादीले समानुपातिक उम्मेदवार बन्ने ६ मापदण्ड

पुरानालाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई पनि बन्दसूचीमा नराख्ने

Ekikrit samajbadi meeting

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर दिने भएको छ ।

त्यसका लागि एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव डा. बेदुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गरी एकीकृत समाजवादीले समानुपातिक उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड सार्वजनिक गरेको हो ।

हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई बन्दसूचीमा नराख्ने एकीकृत समाजवादीको मापदण्ड छ ।

त्यस्तै विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने, सम्बन्धित क्लस्टरको वरिष्ठ व्यक्तिलाई समानुपातिक बन्द सूचीमा प्राथमिकता दिने पनि एकीकृत समाजवादीले बताएको छ ।

महासचिव भुसालले समानुपातिक निर्वाचन पद्धतिको उम्मेदवार चयनका लागि कार्यक्षमता राम्रो भएको र सक्रिय, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको, सुशासनको पक्षपातीलाई अवसर दिने र भौगोलिक सन्तुलन मिलाउने पनि बताए ।

संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने जानकारी उनले दिए ।

Web capture_17-9-2022_155632_1663409897.jpeg

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...