तीन विषयमा छलफल गर्न देउवाले कांग्रेस पदाधिकारी बैठक

Congress padadhikari baithak

काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।

आजको बैठकमा समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेछ । कांग्रेसमा पदाधिकारी संख्या १४ छ । तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ ।

निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनीत गरेका छैनन् । विधानअनुसार छ महिनाभित्र मनोनीत गरिसक्नुपर्छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...