रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, पार्टीको चुनाव चिन्ह घन्टी

Rabi lamicchane final

काठमाडौं । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा लामिछानेले नयाँ दल निर्माणको घोषणा गरेका हुन् ।

क्षमता भएका युवाहरूलाई पार्टीमा आवद्ध हुन आह्वान गर्दै उनले पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाए । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गरेका छन् । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।

यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए । उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।

,प्रस्ताव गरेका छन् । उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।

उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएको जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...