पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका आचार्य र एमालेकी गुरुङ निर्वाचित

Pokhara pramukh upaparamukh

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भएका छन् । स्थानीय तहका निर्वाभनमा एकीकृत समाजवादीको यो नै सबैभन्दा ठूलोे जित हो ।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।

आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतको अन्तरले पराजित गरेका हुन् । खसेको एक लाख ४३ हजार २२६ मतमध्ये आचार्यले ५८ हजार ८९३ मत पाए। थापाले ५२ हजार ८४८ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले पाँच हजार ६७४, अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले तीन हजार ३० र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी (अधिकार्री ले ३३८ मत पाए ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भइन् । उनलेगठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई तीन हजार ८८३ मतान्तरले पराजित गरिन् । गुरुङको ६० हजार ५४६ मत आउँदा रानाभाटले ५६ हजार ६६३ मत ल्याए ।

यस्तै राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९ र विवेकशील साझाका माधव भण्डारीले २६४ मत प्राप्त गरे ।

पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट ९ वटामा खुम्चिएको छ । कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पुर्‍याएको छ । पोखराको वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भएका छन् । उनी कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...