काठमाडौं महानगरमा अझै ५१ प्रतिशत मतगणना गर्न बाँकी

Nirbachan

काठमाडौं । काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ । हालसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका शाहले ३५ हजार १ सय ३० मत प्राप्त गर्दै अग्रता बनाइरहेका हुन्। महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । 

शनिबार अपरान्हसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी छ । अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ ।  ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

प्रतिकृया दिनुहोस