अहिलेसम्म कांग्रेसले जित्यो २०० पालिका, मतगणना जारी रहेका १ सय २२ तहमा पनि अग्रता

Congress

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएका मध्ये नेपाली कांग्रेसले दुई सय स्थानीय तह जितेको छ। मतगणना जारी रहेको १ सय २२ तहमा पनि कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका, नेपालगञ्ज, बुटवल, धरान र इटहरी उपमहानगरमा अग्रता लिएको छ।

यस्तै नेकपा एमालेले यो समाचार तयार पार्दासम्म १ सय २४ तह जितेको छ भने ७४ तहमा अग्रता लिएको छ। माओवादी केन्द्रले ८६ स्थानीय तह जित्दा ३० मा अग्रता लिएको छ। नेकपा एकीकृत समाजवादीले ७ तह जितेर चौथो स्थानमा रहँदा १३ तहमा अग्रता लिएको छ।

यस्तै जनता समाजवादी पार्टी जसपाले ५ तहमा विजयी हुँदा २८ मा अग्रता लिएको छ। स्वतन्त्रसहित अन्य उम्मेदवारले १४ तह जितेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...