स्टेचरमा बोकेर भोट हाल्न लगिएका वृद्धको मृत्यु

Death

बैतडी । शुक्रबार स्टेचरमा बोकेर मतदान गर्न ल्याइएका एक वृद्धको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ कृष्ण माविको मतदानस्थलमा बोकेर मतदान गर्न ल्याइएका कमल सिंह विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याउदा मतदान स्थलमै मृत्यु भएको हो ।

मतदान स्थलमा अकस्मात बेहोस भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि बिहान दोगडाकेदार गाउँपालिकाको सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका ८४ वर्षीय एक वृद्धको पनि मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...